जीवनशैली

३ दिनभित्र ५ फरार अभियक्त पक्राउ : वलात्कार र बैकिङ कसुरमा सजाय



बुटवल ९ साउन ।  रुपन्देही प्रहरीले ३ दिन भित्र ५  जना फरार अभियक्तलाई पक्राउ गरेर १५ वर्ष भन्दा बढी कैद असुली हुने ब्यवस्था मिलाएकोछ । प्रहरीले विभिन्न आपराधिक घटनाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।विभिन्न कसूरमा लामो समयदेखि फरार रहेका पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो।फरक–फरक मुद्दामा १५ वर्ष ३० दिन सजाय तथा ६२ लाख ५ हजार जरिवाना तोकिएका उनीहरूलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले तीन दिनका बीचमा उनीहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा रुपन्देही जिल्ला अदालतको २०६७ असार ९ गतेको फैसलाले जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद तोकिएपछि फरार रहेका बुटवल उपमहानगरपालिका–४ का ५८ वर्षीय पूर्णबहादुर पाण्डेलाई नवलपुर मध्यविन्दु–१४ बाट पक्राउ गरिएको हो।

२०७७ माघ २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा पाँच दिन कैद र १२ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पर्वत कार्कीनेटा–६ घर भई रुपन्देही बुटवल–८ बस्ने अशोककुमार शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ।२०७६ फागुन १४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र १४ लाख जरिवाना तोकिएपछि फरार भएका तिलोत्तमा–५ रुपन्देहीका ४२ वर्षीय एकनारायण अर्याल र २०७६ पुस २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ३६ लाख जरिवाना तोकिएपछि फरार रहेका बुटवल १३ रुपन्देहीका ४६ वर्षीय शिवकुमार राणालाई पनि प्रहरीले पक्राउ गरेको छ।

यस्तै २०६७ माघ ४ गतेको फैसलाले लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवानाको फैसला भएका फरार अभियुक्त बुटवल–१३ का विशन रानालाई पनि पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले बताए।

 

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६