अर्थ-वाणिज्य

दलित महिलालाई स्तरोन्नती सीपसंगै २/२ थान थान मेसिन उपहार



कपिलवस्तु९साउन । भगत सर्बजितशिप बिकास कार्यक्रम अन्तर्गत कपिलवस्तुको बाणगंगामा तिन महिनादेखी सिलाई कटाई स्तरउन्नती तालिम लिएका महिलालाई निशुल्क रुपमा सिलाई मेसिन र ईन्टरलक मेसिन वितरण गरिएको छ । जिल्ला घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुद्धारा आयोजित नेपाल घरेलु तथा साना उद्योग कार्यालय  कपिलवस्तु सहितका सस्थाबाट  संयोजित तालिममा १५ जना महिला सहभागि थिए । 


तालिम समापनको अबसरमा बोल्दै जिल्ला समन्वय अधिकारी भूमिराज पोख्रेल सिकेको सिपले रोजगारी र स्वरोजगारी बढाउन सकेमात्र उपलब्धी हुने बताउनुभयो । यता जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कालीराज बस्यालले राष्ट्रिय पोशाक दौरा सुरुवाल र चौवन्दी चोली सिलाउन दिईएको एडभान्स तालिम निकै महत्वको रहेको चर्चा गर्नुभयो ।नेपाल घरेलु तथा सना उद्योग महासंघका केन्द्रिय सदस्य एवम बुद्ध आवाज टिभीका ब्यवस्थापक भेषराज पाण्डले दक्षता बढाउदै सिपको आधारमा समृद्धिको यात्रा तय गर्न लागि परेको बताउनुभयो ।


 तिन महिना तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका पूर्णचन्द्र परियारले भगतसर्बजित सिप बिकास परियोजना अन्तगर्तको तालिमको उपयोगिता प्रष्टाउदै यो तालिम जीवनउपयोगी रहेको वताउनु भयो । यता सिप सिकेका महिला पनि भविष्यमा कसरी अघि बढ्ने भन्ने योजना सुनाउन उत्सुक देखिन्थे । निर्मला परियार लगायतका महिलाहरुले भविश्यका धेरै योजना समेत सुनाए । 


हरेकलाई एक थान सिलाई कटाई मेसिन र एक थान ईन्टरलक मेसिन उपलब्ध गराउने गरि ३ महिना सम्म दौरासुरुवाल ,चौबन्दी चोली बनाउने स्तरउन्नती सिप सिकेका महिलाको उत्साहबद्र्धक सहभागिता रहेको तालिमको समापन सत्रमा पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान ब्रजाचार्य ,घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष फलकुमारी श्रेष्ठ ,दलित अगुवा टिकाराम सुनार ,घरेलु कार्यालयका गोबिन्द कलावार प्रशिक्षक निर्मला परियार लगाएतले बोल्दै तालिम महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६