अर्थ-वाणिज्य

आफ्ना श्रीमानको हत्या गराएर प्रेमीसंग कारागारमा अफेयर्स



तौलिहवा ९ साउन । अन्तत्वगोत्वा आफ्ना श्रीमानको हत्या गराउने श्रीमति महिमा पाण्डे पुर्पक्षकालागि कारागार चलान भएकी छन् । माओवादी केन्द्रका जिल्ला  नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका मुख्य अभियुक्त ओम प्रकाश यादव र मुख्य योजनाकार महिमा पाण्डे सहित ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका हुन् ।

यो घटनामा स्पष्ट देखिएको तथ्य के हो भने महिमाले ओम प्रकाससंगको प्रेम सम्वन्धमा श्रीमान दिपक पाण्डेलाई वाधक देखेपछि मार्ने योजना बनाएकी थिइन । आखिर ओम प्रकासले पेशेवर हत्यारा लगाएर मारे । तर दिपकलाई मारेर प्रेममार्ग क्लीयर गर्ने महिमा र ओम प्रकासको योजना पुरा त भएन । प्रहरीले उनीहरु सबैलाई झयाप झयाप पक्राउ गरयो । बरु कारागारका अलग अलग कोठामा रहेर टाढैवाट अफेयर्स गर्ने गरी कठोर जीवनयापनको शुरुवात भने अवश्य भएको छ । 

हत्याका आरोपमा पक्राउ परेका पाण्डेयकी श्रीमित महिमा सहीत ११ जना नै बिहीवार कारागार चलान भएपछि उनीहरुका कठोर दिन शुरु भएका हुन् । उनीहरुमाथी हातहतियार खरखजा, ज्यान मार्ने उद्योग, कत्तब्र्य ज्यान र संगठित अपराध मुद्द दर्ता गरी अदालतमा पेश गरिएको थियो । जिल्ला न्यायधिश बसन्तजंग थापाको ईजलासले ओरोपीहरुलाई पुर्पक्षकालागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तेदार हिरण्य प्रसाद भन्डारीले बताए ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव, मृतक पाण्डेयकी श्रीमति महिमा, नगरपालिका वडा नम्बर २ का साकिर अली पखिया, रमजाान शाह, नगरपालिका वडा नम्बर १ का पुणीबीर पाल्पाली, सद्दाम हुसेन,कारागार चलान भएका छन । यस्तै बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलिलाई समेत कारागार पठाइएको छ ।

माओवादी नेता पाण्डेलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार पछि घाईते  पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाण्डौको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 

प्रकाशित : ९ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६