कपिलवस्तु ९ साउन । असार पूर्णिमाका मध्ये रात राजकुमार सिद्धार्थले राजप्रासाद त्याग गरेको ऐतिहासिक क्षण ब्युँताई पर्यटकीय आकर्षणको गन्तब्य बनाउन कपिलवस्तुको तिलौराकोटमा महाभिनिष्क्रमण दिवस मनाईएको छ । कोरोना भाइरस संक्रमणले थलिएको नेपाल पर्यटकका लागि स्वागत गर्न तयार रहेको सन्देश दिन असार पुर्णिमाका दिन मध्यराति १२ बजे सिद्धार्थ राजदरबार छाडेको घटना स्मरण गरि महाभिनिष्क्रमण दिवस मनाईयो ।तौलिहवाका शाक्यकुलका सिद्धार्थ शाक्य घोडामा चढेर पुर्वी द्वारबाट दरबार छाडेको देखाईएको थियो । पिस टर्च देखाउदै सिगारिएको घोडामा २९ वर्षका युवाले दरबार छाडदै गरेको दृष्य निक्कै रोमाञ्चक थियो । तिन वटा घोडामा पालैपालो नेपाल पर्यटन बोर्डका पदाधिकारी र स्थानीय घोडा चढेर सांकेतिक रुपमा दरबार बाहिर निस्केका थिए । असार पुर्णिमा कै दिन गौतम बुद्धले आफ्नो गृह त्याग गरि सेतो कन्थाक घोडामा चढेर पुर्वीद्धाराबाट निस्केका थिए । सोही छणलाई स्मरण गर्दै पुर्णिमाको दिन राती १२ बजे त्यसको झाल्को दिने उद्धेश्यले कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका सदभावना राजदुत विक्रम पाण्डेले बताउनु भएको छ । कार्यक्रममा उपस्थित नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारीले कार्यक्रममा बुद्धको झल्को दिएकोले यस ठाउँको प्रचारप्रसार भए पनि पर्यटकलाई यहाँ बस्नाको लागि यहाँ नै बासोबाँस गर्नेले लाग्नु पर्ने बताएका छन् वुद्धिष्ट सरकिटस् डटकम र कपिलवस्तु टुरिजमले पर्यटन प्रबद्र्धन गरि नयाँ पर्यटकीय गन्तब्यको विकास गर्न तिन वर्षदेखि मध्य रातिमा दिवश मनाउदै आएको छ । २६१६ औँ गृह त्याग गरेको घटना स्मरण गर्दै देखाईएको थियो । असार पूर्णिमाका मध्य रात राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्थामा राजशी सुखसयल त्याग गरेर दरबार छाडेका थिए ।
९ श्रावण २०७८, शनिबार
प्रतिक्रिया