पर्यटन

कपिलवस्तुमा मलखादको कुनै समस्या छैन :प्रमुख ज्ञवाली



तौलिहवा ९ साउन । कोरोना माहामारीका विच विगतमा मलखादको समस्या भोगेका कपिलवस्तुका किसानले यसपाली भने मलको समस्या खासै व्योर्हन नपरेको बताएका छन् । समयमै वर्षासँगै किसानले मलखाद पाएपछि कपिलवस्तुमा साउनको  पहिलो सातासम्म ९० प्रतिशत रोपाइ सम्पन्न भएको कृषिका अधिकारी बताउँछन् । धान रोपेको २२ दिनमा युरिया मल राख्नुपर्ने भएपछि किसानको कृषि सामग्री केन्द्रमा मलखाद लिन भिड नै लाग्ने गरेको छ ।

सरकारले यसपाली समयमै बँगलादेशबाट मलखाद ल्याएकाले किसानले मलका लागी विगतमा जस्तो समस्या व्योहर्न परेको छैन ।  कपिलवस्तुमा १८ हजार मेट्रिक टन युरिया आवश्यक पर्दछ भने  डिएपी १२ हजार मेट्ीक टन । त्यसैगरी पोटास ४ हजार मेट्कि टन आवश्यक पर्दछ । जसमध्ये हालसम्म युरीया ३ हजार ३ सय २६ मेट्रिक टन, डिएपी ३६ सय ६८ मेट्कि टन र पोटास  ३ सय ९५ मेट्कि टन विक्रिवितरण भएको तौलिहवा कृषि सामग्री केन्द्रका प्रमुख प्रकाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । 

कपिलवस्तुको बहादुरगन्ज र तौलीहवामा रहेका २ बटा कृषि सामग्री कम्पनीबाट मलखाद विक्रि हुँदै आएको छ । कपिलवस्तुमा खेतीयोग्य ८३ हजार हेक्टर जमिनमध्ये ७२ हजार हेक्टरमा धान बाली रोपिन्छ ।

प्रकाशित : ९ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६