सिद्धार्थनगर १० साउन ।निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ ।
गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ । परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ । कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ ।
प्रतिक्रिया