कपिलवस्तु
कपिलवस्तुको गौतमबुद्ध क्याम्पसको प्रमुखमा प्रध्यापक राम प्रसाद अर्याल नियुक्त हुनु भएको छ । पुर्व क्याम्पस प्रमुख शिशिर कुमार अर्याल गौतम बुद्ध मा.वि.को प्रधानाध्यापकमा नियुक्त हुनु भएको पछि राजिनामा दिनु भएको थियो । क्याम्पस व्यवस्थापन समितीको बैठक वसी प्रध्यापक अर्याललाई प्रमुख पदमा नियुक्त गरेको थियो । यसै गरी सहायक क्याम्पस प्रमुखमा प्राध्यापक दिपक प्रसाद भुसाललाई नियुक्त गरेको छ । दुबैलाई आइतवार नियुक्त गरेको पत्र हस्तान्तरण गरिएको थियो ।
आइतवार क्याम्पसले एक कार्यक्रमको आयोजना गर्दै क्याम्पस प्रध्यापक, कर्मचारी र विद्यार्थीलाई सम्मान समेत गरेको थियो । पुर्व क्याम्पस प्रमुख शिशिर प्रसाद अर्याल, लेखापाल सिता घिमिरे को विदाई गरिएको थियो । त्यसै गरी बि.बि.एस चौथो सेमेस्टरमा जिल्ला प्रथम भएका छात्र विशाल पौडेललाई बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले सम्मानपत्रबाट सम्मानित हुनु भएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उच्च शिक्षा अध्यापनमा प्रदेशकै नमुना हुनु पर्नेमा जोड दिएका थिए । क्याम्पस संचालनमा भएका समस्या समाधानका लागि पालिकाले समेत सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा समाजसेवी विष्णुहरी आचार्य, नेकपा एमाले नेता पिताम्वर खनाल, नेपाली कांग्रेस नेता हिमलाल न्यौपाने, बुद्धभुमी क्याम्पसका अध्यक्ष राजेन्द्र राज आचार्यले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम गौतम वुद्ध क्याम्पसका अध्यक्ष दिनेश वन्जाडेको अध्यक्षता, प्राध्यापक दुर्गा अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।








प्रतिक्रिया