तौलिहवा १० साउन । कोभिड संक्रमण कालमा फ्रन्ट लाईनमा रही कोभिड संक्रमण विरुद्ध नागरिक अभियानमा सक्रियताका साथ महत्वपूर्ण योगदान पुर्याएको भन्दै साझा प्रयास अभियानका संयोजक रवि ठाकुरलाई अमेरिका स्थित एक संस्थाले सम्मान पत्र पठाएको छ ।
अमेरिका स्थित एशोसिएसन अफ ईमरजेन्सी रिसर्च ईन अमेरिका नामक संस्थाले अभियन्ता ठाकुरलाई सम्मान गरेको हो । कोभिड संक्रमण हटेपछि दिन तय गरेर अभियन्ता ठाकुरलाई औपचारिक कार्यक्रम विच अमेरिकामा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।
अमेरिकन संस्थाबाट प्राप्त गरेको यो सम्मानबाट आफुमा थप जिम्मेवारी बढेको बोध भएको अभियन्ता ठाकुरले बताउनुभएको छ । कोभिड संक्रमण विरुद्ध अक्सिजनको व्यवस्थापन, स्वास्थ्य संस्थाहरुमा सहयोग, कोभिड संक्रमितका परिवार तथा सर्वसाधारणलाई निशुल्क खाना नास्ताको व्यवस्था, लक डाउनको मारमा परेका विपन्न परिवारलाई राहत वितरण लगायतका काममा अभियन्ता ठाकुर सक्रिय भई लागेका छन् ।
यस्तै बुटवलका ३५ वर्षिय युवा उत्सव सिहं अमेरिकाको प्रतिष्ठित पत्रिका मसल्स एण्ड फिट्नेसद्वारा आयोजना गरिएको ‘फिचर फोटो’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। यस अघिनै नेचुरल बडिबिल्डिङ्गमा दुई वटा स्वर्ण पदक जितेका नेपाली युवा उत्सवले यो प्रतियोगिता पनि जित्न र प्रतिष्ठित पत्रिका मसल्स एन्ड फिट्नेसको फिचर फोटोमा आउनका लागि आफूलाई भोट गर्न नेपालीहरुमा अपील गरेका छन् ।
त्यसैगरी बुटवलबाट उनका पिता महेन्द्र बहादुर सिंहले पनि उत्सवलाई भोटगरी जिताउन र नेपालीको शान बढाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया