काठमाडौं, ११ साउन । झण्डै ५० करोड लगानी गरेर यही वर्षदेखि हस्पिटल चेन बनाउने अभियानमा लागेका व्यवसायी उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मा दिएका छन् ।कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ प्रधानमन्त्री आरजु देउवाका व्यवसायिक साझेदार पनि हुन् । श्रेष्ठले पछिल्लो समय स्वास्थ्य श्रेत्रमा लगानी बढाएका थिए । यो आर्थिक वर्षमा मात्रै ५० करोड लगानी गरेर कम्चीमा पाँच अस्पताल बनाउने योजना उनले अघि सारेका थिए ।
कोरोना महामारीका बेला नतिजा आउने काम गर्ने मान्छेलाई जिम्मेवारी दिनुको साटो स्वास्थ्यमै करोडौं लगानी गरेका व्यवसायीलाई स्वार्थ बाझिने गरी मन्त्री बनाएको भन्दै पार्टीभित्र र सामाजिक सञ्जालमा प्रधानमन्त्री देउवाको चर्को आलोचना भएको छ ।
जनमैत्री फाउण्डेसनले सञ्चालन गरेको जनमैत्री अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल, चितवनमा निर्माणाधिन न्युटन क्यान्सर अस्पताललगायतमा श्रेष्ठको लगानी छ । शिक्षा, हाइड्रो, रियल स्टेट, होटल व्यवसायलगायतमा पनि श्रेष्ठको अर्बौ लगानी छ । लगानी गरेका श्रेत्रमा अधिकांश सेयर भने उनले अरुकै नाममा राख्ने गरेको स्रोतको दाबी छ । प्रधानमन्त्री आरजुसँग पनि उनको शिक्षा श्रेत्रमा व्यवसायिक साझेदारी छ । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया