कपिलवस्तु ११ साउन। एमालेका युवा नेता एवम प्रदेश सांसद विस्नु पन्थीद्वारा सार्वजनिक भएको पत्रले माधव नेपाल र केपी ओलीलाई एकीकृत गर्ने परम्परागत आधार तयार पारेको छ। पत्र संगै उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ – “२०७७ फाल्गुन २८ पछि नेकपा एमाले भित्र २०७५ जेठ २ गते अर्थात नेकपा बन्नु पुर्वको सांगठनिक अवस्थामा फर्कने र त्यही बाट सुरु गर्ने प्राबिधिक कुरा संगस्ंगै भावनात्मक रूपमा फर्कने कुरा पनि हो जुन पार्टी जिवनमा प्राबिधिक कुरा भन्दा धेरै महत्त्व राख्दछ । तर पार्टी अध्यक्ष र वरिष्ठ नेता भने २०६७ फाल्गुन ३० मा फर्कनु भयो भने एमालेका मतदाता , पार्टी सदस्य , अरु खास स्वार्थ नभएका एमाले हरुको एकीकृत बलियो एमाले चाहने हरुको भावना चाहना पुरा हुने थियोे । समयको खेल लाई जितौ , एकता लाई कायम राखौं । सबैले जितौ ।” यो पत्र तत्कालीन अध्यक्ष झलनाथ खनाललाई लेखिएको हो।
११ श्रावण २०७८, सोमबार
प्रतिक्रिया