कपिलवस्तु ११ साउन । कपिलवस्तुको कृष्णनगर भन्सारबाट बर्षेनी आयत बढदै गएको छ । गत आर्थिक बर्ष सो भन्सारबाट २४ अर्व ५० करोड ८६ लाख को सामान आयत भएको छ । भन्सार प्रमुख जर्नादन पौडेल अनुसार भारतबाट नेपालमा निर्यात निरन्तर बढढै गएको हो । आयतको तुलनामा निर्यात भने निकै कम हुने गरेको छ । सो भन्सार हुदै भारत तर्फ ३३ करोड २२ लाख १३ हजारको नेपाली सामान निर्यात भएको छ । आयात मध्ये सबै भन्दा बढी ३ अर्व ५४ करोड ६३ लाखको चामल नेपाल भित्रिएको छ ।
यस्तै एम एस बिलेट ३ अर्व ६ करोड, अन्य सिमेनटको कच्चा पदार्थ १ अर्व ६५ करोड, जिप्सन ९९ करोड २१ लाख निर्यात भएको छ । यसैगरी सिसिको बोतल ५४ करोड ५८ लाख, क्लिङकर ४६ करोड ६ लाख, भेनियर ४० करोड २३ लाख पत्थरकोईला ३२ करोड ९४ लाख, जौ १५ करोड सुर्तीैजन्य पदार्थ ४ करोड २८७ लाख आयत भएको प्रमुख पौडेलले बताए ।
यस्तै १७ करोड ६९ लाख ९५ हजार खोटो, ४ करोड ५१ लाखको तारपीन तेल, १ करोड ८१ लाखको ईसेन्सीयल आयतल, जडीबुटी ३ करोड ९६ लाख ४३ हजार, जडीबुटी तेल ४ करोड १९ लाखको भारत तर्फ निर्यात भएको छ । आयात भएका सामानहरुमा ब्क्तिहरुले भारतीय बजारबाट किनेर झोलामा ल्याएका सामानहरुको मूल्य समाबेश नभएको पौडेलले बताए । यो समेत जाडने हो भने आयातको रकम झनै बढनेछ ।








प्रतिक्रिया