जीवनशैली

कपिलवस्तु प्रशासनमा १२५ मुद्धा दर्ता १५० फैसला



कपिलवस्तु १२साउन । अर्ध न्यायिक निकाय कपिलवस्तु प्रशासनमा एक आर्थिक वर्षमा १२५ मुद्धा दर्ता भएकाछन् । सोही अवधीमा १५० मुद्धा फर्छाैट भएका छन् । सुन्दा अनौठो लाग्न सक्छ दर्ता १२५ फर्छाैट १५० तर विगतमा फैसला नभएर अगाडी आएका मुद्धाको फैसला समेत उक्त आवमा भएकाले यस्तो देखिएको हो । पीडीतले आशा र भरोसा लिएर मुद्धा दर्ता गर्न प्रशासनमा आउने भएकाले सिघ्र न्याय दिनु पर्छ भन्ने हिसावले मुद्धाको सबै पक्ष द्रूतविधीवाट बुझेर फैसला गर्ने गरेको चक्रपाणी  पाण्डेको भनाइछ ।

प्रशासनको फैसला कार्यान्वयनमा गएको हिसावले समेत सन्तोषजनक अवस्था रहेको उहाको विष्लेषण छ । यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट एक बर्षमा साढे १० हजार बढी नागरिकताको प्रमाण पत्र बितरण गरिएको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा कुल १० हजार ५९४ नागरिकता बाडिएको हो । यस्तै सोही अवधिमा प्रतिलिपी नागरिकता भने २ हजार ७५० जनाको बनाइएको हो । वाल पोषण भत्ता पाउने भएपछि धेरैले आमाको नागरिकता वनाउन आएकोले ठूलो संख्यामा नागरिकता वितरण भएको प्रजिअ पाण्डेको भनाइछ ।

प्रजिअ  पाण्डेले प्रशासन कार्यालयमा नागरिकताकालागि भीड लाग्ने गरेपछि  कर्मचारी अभावले सेवा दिन समस्या भएको बताउनु भयो । कर्मचारीले ओभरटाइम डियुटी गरेर भएपनि आएका नागरिकलाई नफर्काउने गरेको उहाको भनाइछ । पिपरा र चन्द्रौटा ईलाका प्रशासन कार्यालयमा समेत नागरिकता बनाउने गरिएको छ । गत बर्ष ४ हजार ३१८ वटा राहदानी सिफारिस र राष्ट्रिय परिचय पत्र ६ हजार २८७ बितरण गरिएको छ ।

नया मुद्दा १ सय २५ वटा दर्ता भएकोमा १ सय ५० वटा फैसला गरिएको प्रअिज पाण्डेले बताउनु भयो ।४ सय ५७ वटा ठाडो निबेदन, सिफारिस ६ सय २५ र नया संस्था ५३ वटा दर्ता भएका छन । यस्तै गत आर्थिक बर्ष प्रशासनमा २ करोड १६ लाख १० हजार ९५१ रुपैया राजस्वक संकलन भएकोछ । 

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६