बिजनेस

लुम्विनीमा शेरचन र गन्डकीमा गुरुङ प्रदेश प्रमुख सिफारिस



काठमाडौँ १२ साउन। मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथासंसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचनलाई र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरिएको छ,’ उनले भने ।गण्डकी प्रदेशमा हाल सीतादेवी पौडेल प्रमुख छन् । उनीभन्दा पहिले शेरचन प्रदेश प्रमुख थिए । लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव छन् ।  यादव र पौडेललाई केपी शर्मा ‌ओली नेतृत्वको एमाले सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक प्रदेश प्रमुख फेरिएका हुन्

प्रकाशित : १२ श्रावण २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६