पर्यटन

लुम्विनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखलाई शपथ



काठमाडौं, १३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूलाई शपथ खुवाएकी छन् ।शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नव नियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् 

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना पनि उपस्थित थिए । राष्ट्रपति भण्डारीले मंगलबार गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ती दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

प्रकाशित : १३ श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६