कपिलवस्तु
लुम्बिनी प्रदेश सरकार मार्फत सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुबाट आएको अनुदानको रकम कुम्ल्याउन अहले हदिस इस्लामिक आधारभुत विद्यालयमा नक्कली शिक्षक नियुक्त गरेको खुल्न आएको छ । कक्षा ३ सम्म संचालन हुदै आएको मदरसामा संचालन अनुदान स्वरुप १० लाख रकम आए पछि रकम कुम्ल्याउन नक्कली शिक्षक नियुक्त भएको नाम नखुलाउने सर्तमा एक कर्मचारी बताउछन् । विद्यालयका प्र.अ. इलियास खान र उनका बुवा व्यवस्थापन समितीका अध्यक्ष अब्दुल रब मुसलमानले शिक्षकको नाममा तलव लिई अनुदान कुम्ल्याउन गरेको नाटक रहेको स्थानीय नजाम मुसलमानले बताए ।
मदरसाले नियुक्त गरेको शिक्षक हाल सम्म विद्यालयमा समेत नआएको स्थानीयहरु बताउछन् । मदरसाले मोहम्मद मोतिम धुनिया नाम राखी मासिक २२ हजार तलव दिने गरी शिक्षक नियुक्त गरेको छ । तर उक्त शिक्षक विद्यालय आउने गर्दैनन् । मदरसामा २ महिला शिक्षक भने नियमित रुपमा आउने गरेका छन ।
विद्यालय आउदैनन् प्र.अ र शिक्षक
नगरपालिकाबाट मदरसामा अनुगमन जादा शिक्षक प्र.अ. तथा शिक्षक समेत उपस्थित नुहुने बुद्धभुमी नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक माधव पौडेलले बताए । पालिकाले ३ पटक अनुगमन गर्दा विद्यालयका प्रअ र धुनिया विद्यालयमा भेटिएका थिएनन् । प्र.अ. खान सदरमुकाम तौलिहवामा व्यवसाय संचालन गर्ने र धुनिया अनुदानको खर्च देखाउन नक्कली शिक्षक नियुक्त गरेको स्थानीयको आरोप रहेको छ । यता विद्यालयमा अर्थिक हिनामिना भएको भनी अख्तियारमा उजुरी समेत परेको बताइएको छ ।
बुद्धभुमी नगरपालिकाबाट नियमित रुपमा अनुदान पाएको मदरसामा गत आ.व.मा लुम्बिनी प्रदेश सरकारबाट १० लाख रुपैया अनुदान पाएको प्र.अ खानले बताए । अनुदानका सर्त अनुसार शिक्षक नियुक्ती गरे पछि मदरसामा आवश्यकता भन्दा धेरै शिक्षक नियुक्त भएका छन् । मदरसा व्यवस्थापन समितीमा प्र.अ.का बुवा अब्दुलरब मुसलमान भएको हुँदा मिलेर अनियमितता गरेको स्थानीय मुवारक अलीले बताउनु भयो । तिन कक्षा सम्म संचालन भएको विद्यालयमा तीस जना बालबालिका पढाउनका लागि गरेको स्थानीयको आरोप रहेको छ ।
प्रतिक्रिया