अर्थ-वाणिज्य

लुम्विनीका संसद सचिव पुन सर्वाेच्चभन्दा माथि



रुपन्देही १५ साउन ।सर्वाेच्चअदालतले अन्तरीम आदेश मार्फत संसदपदवाट मुक्त नगर्न र काम गर्न दिनु भनेको विषयलाई फेरी अवज्ञा गर्दै लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको  घोषणा गरिएको छ । जनता समाजवादी पार्टी(जसपा)बाट निलम्बित भएकाले मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएको वताइएको हो  । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार सूचना जारी गर्दै उनीहरु पदमुक्त भएको जानकारी दिएका हुन् । 

पाटीको नीतिविपरीत शंकर पोखरेल नेतृत्वको एमाले सरकारमा सहभागी भएको भन्दै उनीहरुलाई पार्टीले निष्कासन गरेको हो । मंगलबार जसपा केन्द्रीय कार्यकारीणी समितिले उनीहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेश सभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।सर्वाेच्च भन्दा माथि संसद सचिवालय र सचिव हुन्छन् वा मातहत यसले गंभिर रुपमा कानुन उलंघनको स्पष्ट चित्र प्रस्तुुत गरेको छ । 

प्रकाशित : १५ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६