पर्यटन

प्रदेश प्रमुखको पदभार ग्रहण सरकारले थाहै पाएन



बुटवल १५ साउन। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरेको पदभार ग्रहण कार्यक्रम बहिष्कार भयको छ। लुम्बिनी प्रदेश सरकारले पूरै बहिष्कार गरेको हो। उनले आज प्रदेशको मुकाम बुटवल आइ कार्यभार सम्हालेका छन् । तर प्रदेश प्रमुखको स्वागतमा सरकारका कोही पनि मन्त्री पुगेनन् । यस अघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालिन आन्तरिक मामिला तथा योजना मन्त्री कुलप्रसाद केशी पुगेका थिए ।

यादवको विदाइमा भने मुख्यमन्त्री शंकर पोखरेल आँफै सहभागी भएका थिए । तर नयाँ प्रदेश प्रमुखको स्वागत हुँदा उनी नेतृत्वको सरकारका मन्त्री समेत पुगेनन् । मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीसहित सबै मन्त्री थिए । त्यहाँ समीक्षा बैठक चलिरहेको थियो ।
तर १०० मिटरभित्रैको दुरीमा रहेको प्रदेश प्रमुखको कार्यालय गएनन्।

लुम्बिनी सरकारका पूर्वमन्त्री सुदर्शन बरालले सामान्य शिष्टाचारको हिसावले पनि प्रदेश सरकारको उपस्थित हुनुपर्ने चलन रहेको बताए। ‘सकभर मुख्यमन्त्री नभए बरिष्ठ मन्त्री प्रदेश प्रमुखको स्वागतमा सहभागी हुने चलन हो । हामी जाने गरेका थियौं।’ उनले भने ‘शिष्टाचार नै नभएपछि के लाग्यो र ।’

लुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चौधरीले आफूहरु अहिले बैठकमा रहेको बताए । ‘हामी मुख्यमन्त्रीको अध्यक्षतामा भएको बार्षिक समिक्षा बैठकमा थियौं । त्यसैले सहभागी भएनौं ।’ उनले भने ‘अर्को कुरा हामीलाई पदबहाली गर्दै हुनुहुन्छ भन्ने औपचारीक जानकारी पनि आएको थिएन।’

मन्त्री मात्र नभई पदभार ग्रहणमा कोही पनि प्रदेश सभा सदस्य पुगेका थिएनन्। पूर्वमन्त्री तथा माओवादी केन्द्रका प्रदेश सभा सदस्य बरालले सांसदहरुलाई स्वागतको लागि जानकारी नहुने बताए।  

प्रकाशित : १५ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६