रुपन्देही १५ साउन ।प्रदेश सरकारले गत आवमा गरेका कामका बारेमा तीन दिने समीक्षा सम्पन्न भएको छ । समीक्षा समापनमा मुख्यमन्त्री शंकर पोखरेलले पुँजीगत खर्च गर्ने क्षमता बढेसगैं कामको दीगोपना र अनुगमनको पाटोलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।पूँजीगत खर्च गर्ने क्षमता बढ्यो, अब यसैलाई मात्रै सफलता मान्न हुन्न । खर्च गरेको कामको उपलब्धी र प्रतिफल राम्रो गराउन ध्यान दिनुपर्छ, त्यसका लागि अनुगमनलाई व्यवस्थित गर्नुपर्छ-उहाँले भन्नुभयो । उहाँले कठिन समयमा पनि पूँजीगत खर्च झण्डै शतप्रतिशतकै हाराहारीमा गर्न मिहिनेत गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
जनशक्ति अभावले विकास आयोजना प्रभावित हुन नदिन विशेष ध्यान दिन मन्त्रालयहरुलाई मुख्यमन्त्रीले निर्देशन दिनुभयो । रिक्त दरबन्दी पदपूर्ति लोकसेवा आयोग मार्फत गरौं, त्यहाँबाट संभव नहुने अवस्थामा केन्द्र सरकारबाट काजमा माग गरौं, त्यसो गर्दा पनि संभव नभए सेवा करारबाट पूर्ति गरेर काम गरौं—उहाँले भन्नुयभयो ।प्रदेश सरकारका मन्त्रालयहरुले गत आवमा गरेका काम र खर्चको अवस्था र चालु आवको लागि कार्ययोजना प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया