पर्यटन

पारशकोअर्काे शुक्रवार काण्ड सार्वजनिक



काठमाडौं  १६ साउन । पूर्व राजपरिवारमा शुक्रवार हुने विशेषपाटीका क्रममा विगतमा दरवार हत्या काण्ड भएको इतिहास साक्षी रहदै गर्दा फेरी पारसले अर्काे शुक्रवार काण्ड घटाएका छन् । पूर्वयुवराज पारस शाहले काठमाडौंको महाराजगञ्जस्थित सडकमा प्रहरीसँग झगडा गरेका हुन् ।हेलमेट नलगाई सडकमा मोटरसाइकल लिएर हिडेको अवस्थामा प्रहरीले पारसलाई रोकेका थिए । उनलाई प्रहरीले हेल्मेट लगाएर हिड्नु भनेपछि पारसले उल्टै प्रहरीलाई थर्काएका थिए ।

शुक्रबार साँझ ७ः३० बजे उनले महाराजगञ्ज चोक नजिकै प्रहरीसँग झगडा गरेको भिडियो अहिले भाइरल बनेको छ ।प्रहरीले पारसको हातमा समातेर तान्दै गरेको र पारसले बारम्बार जान्न भन्दै प्रहरीलाई थर्काएको भिडियोमा देख्न सकिन्छ ।डिउटीमा रहेका प्रहरीले वाकीटकीमा पारसले रक्सी खाएर हेल्मेट नलगाई हिडेकोले छिटो गाडी पठाउन भनेका छन् ।पारशका समर्थकहरुको भिड बढ्दै गएपछि प्रहरीबाट छुटाएर पारसकै पक्षमा हुटिङ गर्दै हिडेका छन् ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पालले हेल्मेट नलगाई हिडेपछि ट्राफिक प्रहरीले रोकेको र केहीबेर गलफत्ती भएको जानकारी दिए । पारस पक्राउ नपरेको उनले बताए ।

प्रकाशित : १६ श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६