अर्थ-वाणिज्य

जनप्रतिनिधीलाई नयाँ किन्ने शौख :बहुमुल्य यन्त्र उपकरण संरक्षणको अभावमा जिर्ण बन्दै



कपिलवस्तु १७ साउन साविकका जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रुपान्तरण भएसँगै कपिलवस्तु लगायत देशभरका अधिकाँश कार्यालयका भौतिक यन्त्र उपकरण संरक्षणको अभावमा जिर्ण बन्दै जाँदा करोडौ मुल्य बराबरको नोक्सानी भएको छ । आवश्यक कर्मचारीको अभावमा भौतिक उपकरण  संरक्षण नहुँदा करोडौं रुपैयाँको नोक्सानी भएपनि संरक्षणमा कसैको ध्यान पुगेको छैन । एकातिर बहुमूल्य यन्त्र उपकरण जीर्ण बन्न विवस छन् त्यसको परिचालन हुन सकेको छैन  भने अर्काे तर्फ स्थानीय जनप्रतिनीधिलाई नयाँ किन्ने शौख जागेको छ ।

नयाँ किन्दा २५ प्रतिशत भन्दा माथि कमिशन आउने भएपछि स्थानीय प्रतिनिधी त्यसतर्फ अग्रसर भएका हुन् । कार्यालय परिसरमा मँहगा गाडी, डोजर, एक्साभेटर लगायतका भौतिक  उपकरण  कवाड बन्दै गएका छन् । मुलुक संघीय सँरचना गैसकेपछि स्थानीय तहबाट विकास निर्माण लगायतका अधिकाँश काम हुन थालेपछि कपिलवस्तु लगायत देशभरका साविकका जिल्ला विकास समिति सुनसान जस्तै बनेका छन् । 

बढ्दो कोरोना महामारीको त्रासका कारण समेत जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, समन्वय अधिकारी लामो समय कार्यालय नै बस्दैनन् भने बेलाबखत पुगे पनि अनुगमन बाहेकका काम गर्ने अधिकार छैन । जस्ले गर्दा सरकारी करोडौ रुपैयाँ बराबरको भौतिक  उपकरण  नष्ट हुने गरेको छ । 

प्रकाशित : १७ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६