जीवनशैली

कपिलवस्तुमा शिक्षकहरुद्धारा रिले अनसन



कपिलवस्तु १७ साउन ।कपिलवस्तुका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले जिल्लाभरका स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई अगाडी रिले अनशन सहितको  विरोध जनाएका छन् । जिल्लाका सबै राहत अस्थायी  तथा बालविकासका शिक्षिकाहरुले आ–आफ्ना पेशागत हक हितका माग राख्दै पटकपटक आन्दोलन गर्दै आएका हुन ।

उनीहरुले शिक्षकका माग सरकारले नसुनेको आरोप पनि लगाएका छन् । नेपाल शिक्षक संघका बाणगंगा नगर सभापति कुलराज पौडेलले सरकारसँग राखेका शैक्षिक तथा पेशागत हकहितका मागहरु पूर्ण कार्यान्वयनको माग राख्दै कपिलवस्तुमा रिले अनसन बसेको बताउनुभयो । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आयोजनामा देशव्यापी सुरु भएको चौथो चरणको आन्दोलन अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको अगाडी समेत शिक्षकहरुले अनशन तथा धर्ना दिएका थिए ।मागहरुको पूर्ण कार्यान्वयनको माग गर्दै अनसन र धर्ना कार्यक्रम गरिएको शिक्षकहरुको भनाई छ ।

प्रकाशित : १७ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६