अर्घाखाँची १७ साउन । १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ।
त्यस्तै कपिलवस्तुको बाणगंगा नगरपालिकामा आफ्नै बाबुद्धारा छोरी बलत्कृत भएकी छिन् । नगरपालिकाको वडा नम्बर ९ मा ब्यवसाय गर्दै आएका एक जना ब्यवसायीले आफ्नै १९ बर्षिय छोरीमाथि बलात्कार गरेका हुन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार घटना अहिले अनुसन्धानमा छ । आफ्नै बाबुबाट बलात्कार हुनु परेको कुरा छोरीले प्रहरीसमक्ष बताएपछि तुरुन्त ती ब्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताउनु भयो ।








प्रतिक्रिया