अर्घाखाँची १८ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्यूनिष्ट आन्दोलनको अवसरवाद र अस्थिरताको अनुपम उदाहरण भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलल वताउनु भएको छ । उहाले अवसरवाद ,अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएकोे बताउनु भयो । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनीतिमा संकट उत्पन्न भएको मात्र होइन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।
बुटवलमा सोमबार ‘जिउँदा जीवराज’ नामक वृत्त चित्र सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीन÷चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पूरा गर्न सके प्रचण्डबिनाको वामपन्थी एकता कायम गर्न सकिने बताउनु भयो । उहाले अहिले पनि एमाले पहिलो शक्ति रहेको र भोलि पनि पहिलो शक्ति नै बन्ने दाबी गर्नु भयो । प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भएको र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लागेको उहाको भनाइ छ।
अहिले एमाले पार्टीको आन्तरिक जीवन कठिन मोडमा रहेको र अहिलेको अवस्थामा दिवंगत नेता जीवराज आश्रितको अभाव झनै खड्किएको उहाले प्रष्टाउनु भयो ।








प्रतिक्रिया