देउखुरी १९ साउन । दाङ देउखुरीमा स्थापना भएका सर्पदंश उपचार केन्द्रमा प्रभावकारी उपचार हुन सकेको छैन । गढवा गाउँपालिका र लमहीमा गरी दुइवटा सर्पदंश उपचार केन्द्र भएपनि सर्पदंशका विरामीको उपचार नगरी रिफर गर्नुपर्ने बाध्यता छ । गढवामा सर्पदंश उपचार केन्द्र स्थापना भएदेखि अहिलेसम्म एकसय ७४ जना सर्पले डसेका विरामीहरु उपचारको लागी आएको उपचार केन्द्रको तथ्यांकमा देखिन्छ ।
सर्पदंश उपचार केन्द्र गढवाका व्यवस्थापक देविराम आचार्यले सर्पदंश उपचार केन्द्रमा प्रारम्भिक उपचार हुने गरेको बताउनुभयो । गत आर्थिक बर्ष ०७७÷०७८मा सर्पले डसेर दाङमा पाँचजनाको मृत्यु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ अनुसार जसमध्य घोराहीमा एकजना, लमहीमा एकजना, राजपुरमा दुईजना र शान्तीनगरमा एकजना गरि पाँचजनाको सर्पले डसेर मृत्यु हो । ।
सर्पदंश उपचारकेन्द्रमा आएका सर्पदंशका विरामीहरुलाई भेन्टिलेटर आवश्यक परे देउखुरी क्षेत्रमै भेन्टिलेटरको सुविधा छैन । उपचार केन्द्र गढवामा नेपाल रेडक्रस सोसाइटी काठमाण्डाँैले भेन्टिलेटर उपलव्ध गराएप्नि जनशक्ती नहुँदा संचालनमा आउन सकेको छैन । लमहीमा स्थापना गरेको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर छैन तर सर्पदंशका लागि आउनेलाई थप उपचारका लागि भेन्टीलेटर सहितको अस्पतालमा रिफर गर्ने गरिएको छ ।
लमही अस्पतालका नीमिक्त मेडिकल सुपरीटेन्डेन्ट डा रन्जिता महतोका अनुसार सर्पदंश उपचार केन्द्र स्थापना भएपछि जम्मा आठ जना सर्पदंशका विरामी आएकोमा दुइजनालाई रिफर गरिएको छ । डा महतोले आफ्नो तर्फबाट आवश्यक सेवासुविधा दिइरहेको जानकारी दिदै थप उपचारका लागि रिफर गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया