पर्यटन

सरकारको प्रारम्भीक असफलता :चारलेन सडक निर्माणको काम रोकियो



चन्द्रौटा २० साउन । शेर वहादुर देउवा सरकारको असफलता देखा परेको छ । काम गरेका ठेकेदारलाई समयमै रकम भुक्तानी दिन नसकेपछि महत्वपूर्ण काम रोकिदा यस्तो देखिएको हो । चारलेनमा विस्तार हुन लागेको राष्टिय प्राथमिकतामा परेको कपिलवस्तुको कृष्णनगर देखी बहादुरगन्ज हुँदै चन्द्रौटा जोड्ने २० किलोमिटर सडक निर्माणको काम रोकिएको हो । 

कोरोना माहामारीका साथै वर्षायामका कारण चारलेन सडक निर्माणको काम रोकिएको हो । भारतिय बैंकको ८० करोड ऋण लगानीमा सडक विस्तारको काम भएको भएपनि एकातिर कोरोना माहामारी, बर्षायाम र अर्कातिर समयमै रकम भुक्तानी नहुँदा निर्माण कार्यले निरन्तरता पाउन सकेको छैन । 

दिनेशचन्द्र कालीका जेभिले गएको २०१९ जनवरी २५ गते   माहामारी र समयमै रकम भुक्तानी नपाउँदा सडक निर्माणको काम २०२२ फेव्रुवरी १२ मा सम्पन्न गर्ने गरी म्याद थप भएको भएपनि यस अवधिमा पनि सडक निर्माण सम्पन्न नहुने भएको निर्माण कम्पनीले जनाएको छ । 

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६