अर्थ-वाणिज्य

सत्तापक्ष र विपक्षी गठबनधन वारपारको अवस्थामा :अदालतको आदेश पर्खन सत्तापक्षको आग्रह



रुपन्देही २० साउन । लुम्विनीमा प्रदेश सरकार र अविश्वासको प्रस्तावको  बैधताको विषयमा सत्तापक्ष र विपक्षी गठबनधन अव वारपारको अवस्थामामा पुगेका छन् ।  अदालतको आदेश पर्खन सत्तापक्षको आग्रह रहेको छ । त्यसो त लुम्बिनीमा लामो समयदेखि सत्ता पक्ष र विपक्षी गठबन्धन बीच टकराव हुँदै आएको छ । एक अर्कालाई अवैधानिक भन्दै आरोप/प्रत्यारोप गर्दै आएका सत्ता पक्ष र विपक्षी गठबन्धन बीच वारपारको लागि प्रतिष्पर्धा जारी छ । विपक्षीले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा भएर पनि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त नगरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना गर्दै आएका छन् ।

सत्ता पक्षले भने आफू बहुमतमा नै भएको दाबी गर्दै विपक्षीले अनावश्यक रुपमा आलोचना गरेको बताउँदै आएको छ् । तर, मंगबार लुम्बिनी प्रदेशका सत्ता पक्ष र प्रतिपक्ष गठबन्धन एउटै कार्यक्रममा आमने–सामने भएका छन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आफूहरुसँग स्पष्ट बहुमत भएको बताएका छन् । उनले मंगलबार विपक्षी गठबन्धनले दर्ता गरेको अविश्वासको प्रस्ताव असंवैधानिक भएको बताउँदै अविश्वासको प्रस्तावको डटेर सामना गर्ने बताए । त्यसका लागि जसपामा देखिएको विवाद समाधान हुनुपर्ने उनको माग रहेको छ ।

बुधबार रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले आफूहरुलाई सत्तामा बसिरहन मन नभएको बताए । उनले सत्तापक्ष सहमतिमा जान खोजेको बताउँदै प्रदेश सभा भित्र राजनीतिक जटिलताको अन्त्य गरेर विपक्षी गठबन्धनलाई सहमति प्रक्रियामा जान आग्रह गरे । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामार्फत राजनीतिक समस्या समाधान गरेर मात्रै विश्वासको मत लिने बताउँदै आएको ढकालले बताए ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६