रुपन्देही, २१ साउन । लुम्विनीको २७ साउनमा विशेष अधिवेशन आव्हान भएको छ। यसलाई प्रदेश प्रमुखको गैरकानुनी कदमको रूपमा हेरिएको छ। अधिबेशन आवहान भएमा गैरकानुुनी हुने यस अघि नै सरकारका प्रबक्रा बैजनाथ चौधरीले वताई सकेका छन् । सरकारको सल्लाह वा सिफारिसमा हुने काम स्वघोसीत रूपमा गरेर लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन विवादमा तानिएका हुन। सर्वोच्चमा संसद बर्खास्ती मुद्धा फैसला आउन वाणी रहेका बखत अधिवेशन आव्हान हुनु गैर कानुनी हो। लूम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आह्वान सरसल्लाह विना गरेर मर्यादा गराएका छन। प्रदेश प्रमुख अमिक शेरचनले यही साउन २७ गते बुधबार १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको हो । शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साउन १८ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले उक्त अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन पनि बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।
प्रतिक्रिया