पर्यटन

एमाले बैठकमा बामदेवका ३ फरक दस्तावेज पेश



काठमाडौं २२ साउन । नेकपा एमाले उपत्याध्यक्ष वामदेव गौतमले एमाले बैठकमा तीन प्रस्ताव सहित फरक दस्तावेज पेस गरेका छन् । विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका हुन् ।

शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका छन्।

छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्ताव सहितको दस्तावेज बैठकमा पेश गरेका हुन् । उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन् । पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका छन् ।

पहिलो प्रस्ताव
संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने उनको प्रस्ताव छ । र व्यक्ति निर्वाचित हुने प्रणालीका ठाउँमा पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली ।

दोस्रो प्रस्ताव
पार्टी कार्यक्रमका सम्बन्धमा अहिले पनि पुँजीवादी जनवाद लागु गर्नुपर्ने कार्यक्रमका ठाउँमा बहुदलीय समाजवाद नेपाली जनताको समृद्धिको कार्यक्रम ।

तेस्रो प्रस्ताव
पार्टीमा गुटबन्दी सृजना गर्ने अभ्यासका रुपमा परिचित महाधिवेशन हलबाट पार्टीको पदाधिकारी चुन्ने प्रणालीका ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने ।

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६