प्रदेश

अर्घाखाँचीले अक्सिजन प्लाण्ट संचालनमा ब्रेक थ्रु गर्दै



अर्घाखाँची २२ साउन । जिल्ला अस्पताल अर्घाखाँचीले अक्सिजन प्लाण्ट संचालनमा  ब्रे थ्रु गर्दैछ । अस्पताल  परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट स्थापना अन्तिम चरणमा पुगेसंगै यस्तो देखिएको हो । सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिए ।

उनले भने, “अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।” उनका अनुसार प्लान्टले दिनमा ७० सिलिण्डर भर्ने क्षमता राख्दछ । गत वैशाखरजेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो ।अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अब अक्सिनको अभाव नहुने जानकारी दिए ।

जिल्लामा सङ्क्रमितका सङ्ख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड– १९ सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो ।हालसम्म जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन हजार ५८७ पुगेको छ । यसैगरी सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ८२५ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट जिल्लाको शीतगङ्गा नगरपालिकामा एकको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या ७५ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । रासस 

 

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६