अर्थ-वाणिज्य

पोखरेल नेतृत्वको सरकार संविधान अनुसार २ वर्ष सुरक्षित : मन्त्री रिजाल



दाङ २३ साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव र साउन २७ गते विशेष अधिवेशन बोलाउने निर्णयको कुनै औचित्य नभएको बताइएको छ।ग्रामीण तथा सहरी विकासमन्त्री हरिप्रसाद रिजालले वर्तमान सरकारविरुद्ध दायर गरिएको अविश्वासको प्रस्ताव संविधानसँग बाझिएकाले अविश्वासको प्रस्तावको कुनै औचित्य नभएको दाबी गरे।

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा संवाददातासँगको कुराकानीमा मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वमा बहुमतको सकार बनेको र दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने कानुनी प्रावधान रहेको जिकिर गरे।‘धारा १६८ को उपधारा १ अनुसार बनेको बहुमतको सरकार हो। 

संविधानअनुसार यसरी बनेको बहुमतको सरकारविरुद्ध दुई वर्षभित्र अविश्वासको प्रस्ताव दर्ता गर्न मिल्दैन’, मन्त्री रिजालले भने, ‘नेकपा एमालेको ४१ जना प्रदेश सभा सदस्यले बहुमतको सरकार दाबी गरेअनुसार सरकार बनेको हो। अहिले पेस गरिएको अविश्वासको प्रस्ताव संविधानसँग बाझिएको छ।’

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६