पर्यटन

कुखुराको भालेको हिन्दु परम्पराअनुसार दाहसंस्कार



दाङ २२ साउन । दाङमा लामो समय पालिएको भाले मरेपछि एक व्यक्तिले सोही भालेको दाहसंस्कार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.१५ पहरुवा निवासी शिव सुवेदीले त्यो भालेलाई १९ वर्ष १० महिना पाले । असोजमा त्यो भाले २० वर्ष पुग्थ्यो । तर, साउन १६ गते म¥यो । भाले मरेपछि उसलाई पनि परिवारको सदस्य जस्तै मानेर दाहसंस्कार गरिएको सुवेदी बताउँछन् ।

‘भाले २० वर्ष बाँच्यो, त्यो भालेलाई हामीले परिवारका सदस्य जस्तै मानेर पाल्यौ’, उनले भने ‘त्यसैले गाउँका सबैको सल्लाह अनुसार नै दाहसंस्कार गर्यौं ।’ सुवेदीले भाले मरेपछि गाउँका २०÷२५ जनाको सहभागितामा नजिकको टैवा खोलामा लगेर दाहसंस्कार गरिएको बताए ।हिन्दु परम्परा अनुसार मान्छेको मृत्यु पछि जे–जे गरिन्छ्, सोही अनुसार नै त्यो भालेलाई पनि अन्त्येष्टी गरिएको उनले बताए । उनले भने ‘कपाल खौरिएको छु, नुन छोडे, सेतो कपडा लगाए ।’ भाले मरेपछि घरपरिवारमात्रै नभई गाउँ समाज समेत भावुक बनेको उनले बताए ।

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६