अर्थ-वाणिज्य

उपेन्द्र यादवको भण्डाफोर गर्न ठाकुर-महतो समुह मधेस दौडाहमा ,आज तौलिहवामा बृहत्त कार्यकर्ता भेला



काठमाडौं, २४ साउन । जनता समाजवादी पार्टी, नेपाल (जसपा)  अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ ।सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठक समेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन गरेका छन् ।

निर्वाचन आयोगबाट अध्यक्ष यादव पक्षले आधिकारिकता पाएपछि ठाकुर–महतो पक्ष संगठन निर्माणका साथै ‘यादवको अवसरवादी चरित्र भण्डाफोर गर्न’ भन्दै जिल्ला दौडाहामा लागेका हुन् ।यसै क्रममा आज तौलिहवामा भण्डाफोर अभियान हुने भएको छ । अभियानमा सर्बेन्द्र नाथ शुक्ला सहितका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको सो समुहका नेता अकवाल अहमद शाहले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

कपिलवस्तु तत्कालीन रुपमा राजपाको पकड क्षेत्र रहेकाले ठाकुर महतो समुहको संगठन उपेन्द्र यादवको तुलनामा मजवुत रहने आकलन गरिएको छ । जसपा कार्यकारिणी समिति सदस्य केशव झाका अनुसार बारा, सप्तरी, सिराहा र महोत्तरीमा एकै दिन विस्तारित बैठक सम्पन्न भएको छ । बारामा जसपा नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गरेका छन् ।

सप्तरीमा वरिष्ठ नेता महतो, केशव झा, बृषेशचन्द्र लाल र राजिव झा, सिराहामा अनिल झा, डा। सुरेन्द्र झा, उमाशंकर अरगरिया र जयनुल राईन तथा महोत्तरीमा अध्यक्ष ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले बिशेष सम्बोधन गरेका छन् ।

प्रकाशित : २४ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६