कपिलवस्तु २४ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी बाणगंगा नगर कमिटी र निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशको संयुक्त अधिवेशन एक कार्यक्रम बिच सम्पन्न भएको छ । अधिवेशनले नगर कमिटिको अध्यक्षमा पुनः गिरिराज कंडेल, उपाध्यक्षमा जीवनारायण थारु, सरस्वती पन्थी, हृदयनारायण चौधरी, सचिवमा नवराज घिमिरे लगायत १९ सदस्यीय नगर कमिटि गठन गरिएको छ । त्यस्तै प्रदेश समितिको अध्यक्षमा रामु शर्मा, उपाध्यक्षमा राम बहादुर चौधरी, अनिता थारु, सचिवमा खुमानन्द पोख्रेल सदस्य युवराज पोख्रेल लगायत २५ सदस्यी कार्यसमिति चयन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य धु्रव रायमाझिले पार्टीले ल्याएको हिन्दुत्वको मुद्धा, संघियताको खारेजी, संवैधानिक राजसंस्थाको बारेमा कांग्रेस, एमाले लगायतका ठुला पार्टी भित्र समेत यी बिषय प्रवेश गरि बहसको बिषय भएकोले पार्टीले उठाएका यी मुद्धा सहि सावित देखिएको छ । सोहि कारणले यी मुद्धालाई जनमत संग्रह मार्फत टुंग्याउन र आरक्षणको बारेमा सर्वोच्च अदालतको पछिल्लो निर्णयको स्वागत गर्दै यी बिषयलाई जनजतासामु बुझाउन निर्वाचित नयाँ कार्यसमितिलाई निर्देशन दिएका थिए । पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहले ठुला पार्टीहरुले सुकुम्वासीको समस्याहल नगरि खाली चुनावी राजनिति मात्र गरेको आरोप लगाएका थिए । रामु शर्माको अध्यक्षता, राम बहादुर चौधरीको स्वागत मन्तब्य नवराज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया