कपिलवस्तु २४ साउन । कपिलवस्तु २४ साउन । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी कपिलवस्तु जिल्लाको पूर्ण बैठकले यहिँ भदौ २८ र २९ गते जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै तयारीमा जुट्न सबैलाई आग्रह गरेको छ ।तौलिहवा स्थित पार्टी कार्यालयमा बसेको बैठकले देशको राजनीति परिस्थितिको समिक्षा गर्दै सरकार जनमुखी हुन नसके परिवर्तनप्रति जनअसन्तुष्टि बढुने निष्कर्ष निकालेको एक विधर्थी नेताले वताए ।
बैठकले आउँदो सम्मेलनका लागि विभिन्न उपसमिति समेत बनाएर कार्य विभाजन समेत गरेको छ । जस मध्ये संगठन बिस्तार अभियानका लागि हरिश चन्द्र खनालको संयोजकमा ३ सदस्य समिति, पुष्कर भुसाल संयोजक रहने गरि ४ सदस्य आर्थिक समिति यस्तै भगवती न्यौपाने संयोजक रहने गरि २ सदस्यीय पत्रचार परिचालन समिति समेत गठन गरेको छ ।
बैठकमा बोल्दै अनेरास्ववियु क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष केशवराज विश्वकर्माले अहिलेको नेतृत्वले जिल्लाभर अनेरास्ववियु क्रान्तिकारीको संगठन मजवुत पार्न र अब आउने सम्मेलनका लागि सबै एकजुट भएर लाग्न समेत आग्रह गर्नुभएको थियो । नेकपा बुद्धभुमि नगरका पूर्व सचिव मोहन केवटको प्रमुख आतिथ्यता अनेरास्ववियु क्रान्तिकारी पुर्व जिल्ला अध्यक्ष केशवराज बिश्वकर्माको विशिष्ट आतिथ्यता र हरिश चन्द्र खनालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।
प्रतिक्रिया