पर्यटन

लुम्विनीको विशेष अधिवेशन विरूदको रीट दरपीठ



रुपन्देही, २४ साउन । लुम्बिनी प्रदेशसभाको अधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट निवेदन अदालतबाट दरपीठ गरी फिर्ता गरिदिएको छ ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ का लागि आह्वान गरेको अधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो । प्रदेशसभाका एक तिहाइ सदस्यहरुको माग भएको भन्दै उनले विशेष अधिवेशन माग गरेका थिए ।

अधिवक्ता प्रवेश केसीले साउन २२ गते अधिवेशन आह्वानविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए । निवेदनमा प्रदेश सरकारको सिफारिस वा प्रदेश सरकारको परामर्शमा मात्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै अन्तरिम आदेशबाट अधिवेशन स्थगनको माग गरिएको थियो । अदालतले रिट हकदैयाको अभाव भन्दै दरपीठ गरिदिएको हो ।

प्रकाशित : २४ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६