कपिलवस्तु २४ साउन । नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा कपिलवस्तुमा शिक्षाप्रेमी अरुण कुमार पाण्डे मनोनित हुनु भएको छ । केन्द्रिय अध्यक्ष ओम प्रकाश सरावगीको हस्ताक्षरमा जारी पत्रमा केन्द्रिय कार्यसमितीको सचिवमा संघको विधान २०३८ को संशोधन सहितको विधानको दफा ५५को उपदफा ख बमोजिम तपाइलाई केन्द्रिय सचिवमा नियुक्त गरिएकोछ ।
उहा निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनु भएकोछ । शिक्षासेवी ब्यक्तित्व पाण्डे बुद्ध दर्पण दैनिकको संचालक ,सामुदायिक रेडियो र टेलिभिजन बुद्ध आवाजको सल्लाहकार समेत हुनुहुन्छ । उहालाई कपिलवस्तु संचार सस्थाका अध्यक्ष विष्णु न्यौपाने ,महासभिव सरोज खनाल र ब्यस्थापक भेषराज पाण्डेले विज्ञप्ती मार्फत बधाई ज्ञापन गर्नु भएको छ ।
दैनिकका तर्फवाट अध्यक्ष डम्मर शर्मा र प्रबन्ध निर्देशक लक्ष्मण बेल्वासेले बधाई ज्ञापन गर्नु भएको छ । कपिलवस्तुमा रहेर केन्द्रिय सचिवको जिम्मेवारी पाउनु आफैमा महत्वको विषय बनेको छ ।
प्रतिक्रिया