प्रदेश

मिनि पप्पू बन्यो सन्तोषी निर्माण सेवा,चार वर्षदेखि काम अलपत्र



कपिलवस्तु २५ साउन । पप्पु कन्ट्रक्सनले राष्ट्रका धेरै ठेक्का पटटा अलपत्र पारेको समाचार विगतदेखि आइ रहदा कपिलवस्तुको सन्तोषी निर्माण सेवा पनि त्यस्तै मिनि पप्पू वन्न पुगेकोछ । जसले कपिलवस्तुमा चारवर्ष देखी  धेरै काम लिएर अलपत्र पार्दै आएको छ । प्रेसपाटीलाई प्राप्त जानकारी अनुसार जिल्लाको कपिलबस्तु नगरपालिकाको निगालिकोट र थुम्हवामा निमार्णाधिन सडक तथा नालाको काम अलपत्र पारिदा स्थानिय सास्ती भोग्न बाध्य भएका छन् ।

सडक र नाला निर्माणका लागि भन्दै २ वर्ष भन्दा पहिलै खाड्ल खनेर निर्माण शुरु गरिए पनि ठेकेदार कम्पनिले विचैमा निर्माण कार्य रोकिंदा स्थानियले समस्या झेल्नुपरेको हो । निर्माण कार्य शुरु गरिएकै समयमा केहि मिटर नाला निर्माण गरिए पनि त्यस यता काम रोकिएको छ । निर्माण कार्य रोकिएका कारण स्थानियका घर अगाडि नाला निर्माणका निम्ती खनिएका खाडलले समस्या उत्पन्न गराएको छ ।

दुई वर्ष वितिसक्यो नालाको लागि खाल्डो खनेको तर नाली निर्माण नभएको र खानेको खाल्डोमा डुबेर कसैको बाल बच्चाको मृत्यु भयो भने त्यसको जिम्मेदारको हुने स्थानिय अनिता ठाकुरले बताइन् । घरको छत तोड्दीनु भए छ बस्ने ठेगान नभएको उनले बताइन् ।बर्षाको मौसम भएकाले खाड्लमा पानी जम्ने गर्नाले घरआँगनमा प्रवेश गर्न समस्या हुनुका साथै बालबालिका लडेर घाईते हुने समस्या सृजना भएको स्थानिय तुलसीराम यादवले बताए ।

घर अगाडि खाडल पारिएका कारण एक महिना यता कतिपय सर्वसाधारणले घरबाट सवारीसाधन निकाल्न पाएका छैनन भने खाडल खन्नु अघि नै आगन बाहिर सवारीसाधन निकालेका सर्वसाधारणले अर्काको घरमा राख्नु परेको बताएका छन ।सडक र नाला नबनेपछि हाम्रा बाल बच्चा र हामीलाई आवत जावत गर्न धेरै समस्या भएको स्थानिय माला धोवीले बताइ्न । दुई बर्ष भइसक्यो खाल्डो खनेको जब यो बन्दैन् त कसरी हुन्छ उनले बताइन् । आर्कौ टोलमा पनि त्यस्तै खाल्डो खनेर अलपत्र पारेको तर त्यो टोलमा विवादका कारण रोकिए त पनि हाम्रो टोलमा केही विवाद नभएकोले यसलाई छिटो बनाउन् पर्ने उनले अग्राह गरिन् ।

आज दुई वर्ष विति सक्यो यस्तै खाल्डो खनेर हाम्रो घरको अगाडी अलपत्र परिएकोछ वर्षातको समयमा बाल बच्चालाई डुब्ने जोखिम रहेको र सडक पनि बनेको छैन के समस्य परेको स्थानिय मर्जादु यादवले बताए । हामी बाटो निर्माणको लागि घर पनि तोडि सकेका छौ तै पनि निर्माणको कार्य नभएको उनले बताए । उनले भने सरकारले निर्माण कम्पनीलाई रकम नदिएको हो ।

निगालीकोट थुम्हवा सेमरीको बाटोको साइड क्लियर भएको छैन् सेमरी गाँउ र बेलासपुर सिंगै भत्काउन बाँकी रहेको र थुम्हवामा स्थानियको विवादको कारण काम गर्न नसकेको निर्माण कम्पनीका साइड इन्जिनियर सुजन पन्तले बताए । जहा जहा साइड किलियर भएको छ त्यहा सरफेसको काम भएको र कतै कतै बेसको काम भइसकेको उनले बताए । निगालीकोट थुम्हवा बाटोको काम तत्कालै सुरु गर्ने र त्यो बाहेको साइडको कामको लागि अफिसको निर्णय कुर्नु पर्ने पन्तले बताए ।

सन्तोषी निर्माण सेवाले तिलौराकोट देखि जग्दिशपुर, निगालि देखि थुम्हवा, बेलासपुर देखि सेमरी, सडवा देखि लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा कपियवाको वाटो र नाली निर्माण गर्न ७५ करोड लगतमा बनाउन सम्झौता गरेको थियो । सन्तोषी निर्माण सेवाले संघीय कार्ययोजना कार्यान्वय ईकाई भवन तथा शहरी कार्यालय रुपन्देहीबाट ०७४ कार्तिकमा सम्झौता गरेको हो । सो निर्माण कम्पनिले सम्झौता गरेको बाटो र नालीको काम अधिकांश नै अलपत्र परेका छन् ।

प्रकाशित : २५ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६