अर्थ-वाणिज्य

बुद्धभूमीमा किसानलाई ४० लाख बढीका कृषि यन्त्रउपकरण बितरण



कपिलवस्तु २८ साउन । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले किसानको समेत लागत सहभागितामा ४० लाख ४९ हजार बराबरको कृषि सामग्री( यन्त्र उपकरण) वितरण गरेकोछ । मेयर केशव कुमार श्रेष्ठले ती सामाग्री वितरण गर्नु भएको हो । उहाँका अनुसार कृषि सामग्रीमा मिनिटिलर, रिपर, कन्सेलर, पम्पसेट लगायत वितरण गर्नु भएको हो ।

नगरभित्रका किसानलाई लक्षित गरी कृषियन्त्र वितरण गरिएको हो । नगर भित्र रहेका किसानलाई ५०ः ५० र ७०ः ३० अनुदान कार्यक्रम अन्तरगत कृषि सामग्री वितरण गरिएको हो ।नगरभित्र रहेका कृषक समूह, कृषि सहकारी र व्यक्तिगत फर्म गरी ८३ जना किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरको बार्षिक कार्यक्रम अन्तरगत किसानको हकहितलाई मध्यनजर गरी आधुनिक कृषि पेशा तर्फ प्रोत्साहन गरी उत्पादकत्वमा बृद्धि ल्याउने अपेक्षासहित साना कृषियन्त्र वितरण गरिएको नगर प्रमुख श्रेष्ठले जनाउनुभयो ।बुधबार नगरपालिकामा आयोजित एक कार्यक्रममा बीच नगर प्रमुख श्रेष्ठ, नगर उप प्रमुख मिरा थारु, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल, नगर प्रवक्ता पवनकुमार थारु, कृषि शाखा प्रमुख देवीराम बेल्वासे लगायतले किसानलाई उक्त कृषि सामग्री वितरण गर्नुभएको हो  ।

प्रकाशित : २८ श्रावण २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६