कपिलवस्तु साउन २८ गते ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ब्राउन सुगर सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला थाना शोहरतगढ निबी बस्ने २५ वर्षीय सहजाद अन्सारी र सोही स्थानका ३२ वर्षीय मोहम्मद रजा खान रहेको प्रहरीले जनाएको छ । शुद्धोधन गाउँपालिका वडा नं. ३ हर्दिहवामा लागु औषध बिक्री गरेको सूचना पाए पछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।
पक्राउ परेका सहजाद अन्सारीले लगाएको जिन्स पाइन्टको गोजी भित्र तम्बाकु (सुर्ती) राख्ने प्लास्टिकको प्याकेटमा प्लास्टिक भित्र कालो डोरीले बाँधेर राखेको ३ वटा पोका फेला परेको हो । उनीहरूको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो । पक्राउ परेका दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जे.एन. मरासिनीले बताउनु भयो ।
प्रतिक्रिया