कपिलवस्तु २८ साउन । कपिलवस्तुको महाराजगन्ज नगरपालिका १ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे र इसीजी मिसिन नचल्दा सेवा ग्राही मर्कामा परेका छन् । महिनाँै देखी विद्युत लाइनको समस्याका कारण सेवा रोकिए पछि अस्पतालले बिरामीलाई निजी क्लिनिकमा रेफर गर्नु पर्ने बाध्यता बनेको छ । अस्पतालका कार्यरत डा. फैसल खानका अनुसार विद्युतको समस्याका कारणले विगत २ महिना देखी एक्स रे मिसिन संचालन गर्न नसकिएको बताउँनु हुन्छ ।
मिसिन संचालन गर्न थ्रीफेस लाइन चाहिन्छ तर सिङ्गल फेस मात्र छ । विद्युतको व्यवस्थापनको लागि व्यवस्थापन समितिले चासो नदिएको खानले भन्नु भयो ।यता केन्द्रमा शौचालयको काम गर्दा पाइप लाइन काटिए पछि पानी आउन छाडेको छ । बर्थिङ सेन्टर बाहेक अन्य ठाउँमा पानी नै छैन । जसका कारण शौचालय, बाथरुम पानी विहीन भएको छ । पानी नहँुदा शौचालय फोहर भएको कारण छिर्न समेत गाह्रो भएको स्थानीय अभिशेख मणि यादवले बताउनु भयो । पालिकाबाट संचालन भएको स्वास्थ्य केन्द्रमा हालै मात्र अल्ट्रासाउण्ड सेवा थपिएको छ ।
स्वास्थ्य केन्द्रमा भएका समस्या समाधानका लागि काम भइरहेको स्वास्थ्य केन्द्रका निमित्त प्रमुख दीपक प्रसाद जयसवालले बताउनु भयो । २०५७ सालमा स्थापना सँगै बनेको भवन जीर्ण भएको हुँदा पानी चुहिने जस्ता समस्या समेत देखिएको छ । समस्या धेरै छन्, पालिकाको सहयोगले मात्र पुरा गर्न सहज छैन । प्रदेश तथा संघीय सरकारको सहयोग भएमा सेवा संचालनमा अवरोध नआउने जयसवालको दाबी थियो । नेपालको संविधान भाग ३ धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगर्ने उल्लेख गरिएको छ ।
यता महिनौँ देखी सेवा संचालन नहुँदा सेवा ग्राही समस्यामा पर्दै आएका छन् । तर सेवा संचालन तर्फ सरोकारवालाको ध्यान पुग्न भने सकेको छैन । केन्द्र व्यवस्थापन समितिका अध्यक्ष नगरपालिका वडा नं. १ का अध्यक्ष शिव प्रसाद बानियाले समेतचासो नदिएको स्थानीयको आरोप रहेको छ ।
प्रतिक्रिया