बुटवल २८ साउन । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख सामु पेश भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्रीको ४ बजे पछि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहणको कार्यक्रम भएकोछ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार २४ घण्टाको समय दिएर सरकारका लागि दाबी गर्न आह्वान गरेका थिए। सोही अनुसार ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेको थियो।
केसी रोल्पा १ (क)बाट निर्वाचित सांसद हुन । विहिवार नै लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पदभार ग्रहण गरेका छन् । संविधानको धारा १६८(२) अनुसार चार दलको गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका केसीले केहीबेर अघि प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ ।
केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए । मुख्यमन्त्री केसीले लगत्तै ७ सदस्यीय मन्त्रिपरिषद पनि गठन गरिसकेका छन् । यता लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको नेतृत्वमा सरकार सहभागि भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेकपा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनका तर्फबाट सरकारमा सहभागी भएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुख अमिक शेरचनबाट सपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषदमा ग्रामीण तथा शहरी विकास मन्त्रीका रुपमा डिल्ली चौधरी, आर्थिक मामिला तथा योजना मन्त्रीका रुपमा कृष्णध्वज खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीका रुपमा सहसराम यादवले सपथ लिएका छन् । यस्तै अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका छन् । विभागीय मन्त्रीहरुले कार्यभार सम्हाल्न शुरु गरेका छन् ।
कांग्रेसका चौधरी र माओवादीका कृष्णध्वज खड्का र जनता समाजवादी पार्टीका सहषराम यादव मन्त्री बनेका हुन्। त्यस्तै, जनता समाजवादीका पुर्मती ढेगा र सुमन शर्मा रायमाझी पनि मन्त्री बनेका छन्। स्वतन्त्र सांसद अजय शाही पनि मन्त्रीको शपथ लिएका छन्।यसअघि सोही कार्यक्रममा मुख्यमन्त्री केसीले सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका छन् । संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
संविधानको यस धारा अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्छ । केसीले ४१ सांसद रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले केसीको नेतृत्वमा नयाँ सरकारका लागि दाबी पेश गरेका थिए ।
प्रतिक्रिया