कपिलवस्तु, २८ साउन ।नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) बुद्धभूमी नगरकमिटिले वडा नं. २ र वडा नं. ४ मा वडाकमिटि विस्तार गरेको छ । नेकपा विभाजन संगै माओवादी केन्द्रले संगठन विस्तार र पुर्नगठन गर्ने निर्देशन बमोजिम संगठन विस्तार अभियान संचालन गरिएको छ । विहिबार एकै दिन २ वटा वडाकमिटि गठन गरेको माओवादी केन्द्रका नगर सचिवालय सदस्य भूपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
बुद्धभूमी नगरपालिका २ गोरुसिंगेमा आयोजित कार्यकर्ता भेलाले विष्णु प्रसाद लम्साललाई अध्यक्ष र रामु परियारलाई सचिवमा चयन गरेको छ । वडाले १९ सदस्सीय वडाकमिटि निर्माण गरेको अध्यक्ष लम्सालले जानकारी दिनुभयो । सदस्यहरुमा महेश खनाल, चन्द्र बहादुर परियार, सुमि थापा, होमनाथ न्यौपाने, सुदिप श्रेष्ठ, कृष्ण न्यौपाने, भीम पाण्डे, कृष्ण खनाल, विनोद थारु, पर्शुराम आचार्य, शान्ता पौडेल, भुवन मरासिनी, झगरु थारु लगायत रहेका छन् ।
यसै गरि बुद्धभूमी नगरपालिका वडा नं. ३ दुवियामा आज बसेको माओवादी केन्द्रको वडा स्तरीय भेला सम्पन्न भएका छ । भेलाले परदेशी थारु अध्यक्षता र सचिव ढुन्डराज भण्डारीको नेतृत्वमा १३ सदस्सीय वडा समिति चयन गरेको छ । कार्यसमितिको सदस्यहरुमा गोबिन्द गैरे, युवराज आचार्य, अम्मर बहादुर भुसाल, जुठीकला चुदाँली, सुकई थारु, भिम्मा थारु, श्रीराम बनिया लगायत रहेका छन् ।
दुबै वडा भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य रुद्रलाल बन्जाडेले शशस्त्र संर्घष शान्ति हुदै संविधान निर्माण गरेको माओवादी परिवर्तनकारी शक्ति भएको र माओवादीले नै समाज रुपान्तरणको नेतृत्व लिएकै कारण देशमा सामाजिक र बैचारिक क्रान्ति ल्याएको बताउनुभयो । जनतालाई सहज गराउन माओवादीले स्थानीय र प्रदेश सरकारको निति संविधानमै व्यवस्था गरेको तर अहिले जनताको प्रत्यक्ष सहभागिताको स्थानीय सरकार निकम्मा र भ्रष्ट बन्दै गएकाले माओवादीले पुनः एक पटक सामाजिक क्रान्ति माफर्त समुदायमा समानता र सुशासन ल्याउन लाग्नुपर्ने बेला आएको दाबी गर्नुभयो ।
भ्रष्टाचार मौलाउदो छ, जनताका प्रतिनिधी र कर्मचारीहरु भ्रष्ट बन्दै छन् , जनताका बोली बोल्ने बेला आयो, उनका मुद्धा उठाउने बेला आयो उहाले भन्नुभयो । भेलाबाट चयन भएका वडा नेतृत्वलाई बधाई दिदै नगर अध्यक्ष बसन्त गिरीले जनताको दैनिक समस्या समाधान र जनचेतना वृद्धि गर्दै समुन्नत समाज बनाउदै लैजान आग्रह गर्नुभयो । माओवादीले विचार, आस्था, उद्धेश्य र एजेण्डा बोकेर हिड्ने पार्टी भएकाले आर्दशको राजनिति गर्दै आएको दाबी गर्नुभयो । गएको ३ बर्ष पार्टी एकीकरणको नाममा माओवादीलाई अलमल पारेर दश बर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उप्लब्धि सिध्याउने खेल चलेको भन्दै समयमै पार्टी विभाजन हुदा माओवादी र यस संग जोडिएका गरिब, निमुखा र विपन्न कार्यकर्तालाई ठीक भएको बताउनुभयो ।
अब माओवादी सुशासनको, पारदर्शिताको, भ्रष्टाचार विरोधी सामाजिक क्रान्ति गर्ने बताउदै अध्यक्ष गिरीले बुद्धभूमीमा विगत देखि हाल सम्म भएका अनियमितता र मनपरीतन्त्रमा अंकुश लगाउनेगरी अभियान चलाइने र युवाहरुलाई मोर्चाबन्दी गर्ने बताउनुभयो । साउन महिना भित्र नगरका सबै वडा भेला सम्पन्न गरि नगर भेला समेत गर्ने माओवादी केन्द्रका जिल्ला सदस्य उत्तममणी पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया