अर्थ-वाणिज्य

मुख्यमन्त्रीमा केसीलाई समर्थन गरेका २ सांसदको पद जाँदै



रुपन्देही २९ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’लाई साथ दिएको भन्दै नेकपा (एमाले)ले विमला खत्री (ओली) र अजय शाहीलाई कारबाही गर्ने भएको छ।ाङ क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित ओली र नलपरासी पश्चिम ‘ख’बाट निर्वाचित अजय शाहीले केसीलाई समर्थन गरेको भन्दै कारबाही गर्न थालिएको हो।

एमालेबाट निर्वाचित भएपनि पार्टी निर्णय विपरित विपक्षी गठबन्धनलाई सघाएको भन्दै कारबाही गर्न थालिएको सचेतक भूमीश्वर ढकालले बताए।‘विमलाजीलाई कारबाही गर्ने निर्णय भइसकेको छ। अजयजीलाई कारबाही गर्ने विषय अन्तिम चरणमा पुगेको छ। त्यसका विषयमा छानबिन भइरहेको छ’ ढकालले भने।शाही एमालेको सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए।

तर, ओली तत्कालीन नेकपाबाट सूर्य चिन्ह लिएर उपनिर्वाचनबाट निर्वाचित भएका हुन्। ओली र शाही दुवैले केसीलाई मुख्यमन्त्रीमा समर्थन जनाउँदै हस्ताक्षर गरेका छन्। 

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६