रुपन्देही २९ साउन। रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीका अनुसार उनी आज पक्राउ परेका हुन्।उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन्। स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन्।उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।
यता बर्दियामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।बढैयाताल गाउँपालिकाकी १६ वर्षीया ती किशोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा बासगढी नगरपालिका-६ का २५ वर्षीय राजकुमार थारुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक हरीहर खड्काले जानकारी दिए ।फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बासगढीले पक्राउ गरी जबरजस्ती करणी मुद्दा दायर गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया