अर्घाखाँची २९ साउन। अर्घाखाँची जिल्लामा कडा लकडाउनको समय साउन ३० गतेदेखि भाद्र ८ गतेसम्म थपिएको छ । डिसिसिएमसी अर्घाखाँचीको सम्पन्न बैठकले निषेधाज्ञालाई भाद्र ८ गते राती १२.३० सम्म जारी राख्ने निर्णय गरेको हो जारी निषेधाज्ञा अवधिमा बैंकहरु बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।यस्तै सरकारी तथा गैरसरकारी, सार्बजनिक तथा निजी यातायात पुर्ण रूपमा बन्द हुने भएका छन् । साथै अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ । साथै घरबाट बाहिर कोही पनि निस्किन नपाउने भएको छ ।यसअघि एघारौ पटक साउन ३० गते राती १२ बजेसम्म कडा निषेधाज्ञा थपिएको थियो ।य स अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात, बैंक तथा वित्तीय संस्था खुलेका थिए । जिल्लाका विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन हुने भएका हुन् ।यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम छ । जिल्लामा कोरोना संक्रमितको संख्या पछिल्लो पटक फेरी बढेको छ । गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।अर्घाखाँची कारागारमा रहेका ६४ मध्ये ६० जनामा हिजो कोरोना संक्रमण पुष्टि भएको थियो.।
२९ श्रावण २०७८, शुक्रबार
प्रतिक्रिया