अर्थ-वाणिज्य

मुख्यमन्त्री केसीले भदौको २ गतेभित्रै विश्वासको मत लिने ,सांसदहरु त्यतिञ्जेल सम्म सामुहिक बसाईमा



कपिलवस्तु ३० साउन । लुम्विनी प्रेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले भदौको १ वा २ गते विश्वासको मत लिने गरी लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ।  भदौ १ गते दिउँसो १ बजेका लागि ९ औं अधिवेशन आह्वान गरिएको हो।  प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबारमात्रै  प्रदेशसभा विशेष अधिवेशन अन्त्य गरेका थिए।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको उल्लेख छ। यही बीचमा साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत लिने सम्भावना रहेको नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत चौधरीले  सेतोपाटीलाई बताए।

‘भदौ १ गते वा २ गतेसम्म विश्वासको मत लिने भन्ने तयारी भइरहेको छ,’ चौधरीले भने। मुख्यमन्त्री केसीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।यता मुख्यमन्त्रीमा समर्थन जाएका  सांसदहरुलाई अहिले पनि पाटीको ब्यस्थापनामा होटलमा राखिएको श्रोतको दावि छ । केहिलाई कपिलवस्तु र केहिलाई रुपनदेही  गरेर होटलमा राखिएको वताइन्छ । 

प्रकाशित : ३० श्रावण २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६