कपिलवस्तु ३० साउन ।राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कपिलवस्तु जिल्ला कारागारको अवलोकन गर्नुभएको छ।अध्यक्ष तिमिल्सिनाले २०४२ सालमा पञ्चायत बिरुद्धको आन्दोलनका क्रममा चार वर्ष जेल जिवन मध्ये १८ महिना कपिलवस्तु कारागारमा बिताएका थिए ।आफूले जेल जीवन बिताएको कारगार र अहिले कैदी बन्दीको रुपमा रहेकाको अवस्था बुझ्न कपिलवस्तु आएको उनले बताए ।
तिमिल्सिना जेल बस्दा को अवस्था भन्दा अहिलेको अवस्थामा सुधार देखिएको तर कारागारको क्षमता भन्दा धेरै कैदी बन्दी भएको बताए । कारागारमाशिक्षा दिने तथा सिप सिकाउने जस्ता कृयाकलाप संचालन गराईसुधार गृहको रुपमा विकास गर्नआग्रह समेत ब्यक्त गरे । पि एन क्याम्पस पोखराको स्व.वि.यु. सचिव रहदा सरकारले गिरफ्तार गरी जेल पठाएको थियो ।शान्ति सुरक्षा अन्तर्गत राजबन्दीका रुपमा अध्यक्ष तिमिल्सिना कास्की, कपिलवस्तु, वीरगन्ज, केन्द्रीय कारागार लगायत स्थानमा चार वर्ष जेल बसेर २०४६ सालमा रिहा भएका थिए।
उहाँले कपिलवस्तु कारागारको थप सुधारका लागि सरकार समक्ष पहल गर्ने बताउनुभयो। अवलोकनका क्रममा उहाँले कैदी बन्दीका लागि मास्क उपलब्ध गराउनुभएको थियो। ३५२ जना क्षमता भएको कारागारमा ४५२ जना कैदी बन्दी रहेको कपिलवस्तु कारागार प्रमुख राकेश पाण्डेले जानकारी गराउनुभएको थियो।
प्रतिक्रिया