अर्थ-वाणिज्य

खोलाले बगाएका पौडेलको शव ३५ किमी टाढा भेटियो, विरामी बुवाको उपचार गर्ने सपना बग्यो



कपिलवस्तु ३१ साउन । कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कोईली खोला अन्तर्गत कपिलधाम र चौवा जोड्ने पहिलो कजवेमा बेपत्ता भएका पशुपति पौडेलको शव ४ दिन पछि फेला परेको छ । बाणगंगा नदी अन्तर्गत महाराजगंज नगरपालिकाको सिंग्राहामा उनको शव तैरीरहेको अवस्थामा फेला परेको हो । सुरक्षाकर्मीको टोलीले आईतवार दिउसो २ बजेतिर पौडेलको शव फेला पारेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले. बताए । 

कोईली खोला हुदै पौडेलको शव ३५ किलो मिटर बढी बगेर सिंग्राहा पुगको थियो । पौडेलको बिहिबार देखिनै नेपाली सेना, प्रहरी, शशस्त्र प्रहरीको टोलीले खोजीकार्य जारी राखेको थियो । नदीमा पानीको बहाब उच्च हुँदा शब खोज्नलाई समस्या भएको थियो । नेपाली सेना ,नेपाल प्रहरी, शशस्त्र प्रहरी लगाएतको टोलीको अथक प्रयास पछि पौडेलको शब फेला परेको प्रहरीले जनाएको छ । 

बिहिबार दिउसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले बुटवल उप महानगरपालिका वडा नम्बर १२ नया गाउका ४२ बर्षिय पशुपति पौडेल बेपत्ता भएका थिए । उनले अर्घाखाचीवाट विरामी बुवालाई लिएर बुटवल उपचारका लागि पुराउदै गर्दा खोलाले वगाएको थियो । अर्घाखाँची धारापानीमा रहेको पुख्र्यौली घरबाट लु २ च ५९०० नम्बरको गाडीबाट उनी आफनो घर तर्फ आउदै थिए ।

 गाडीबाट ओर्लेर कजबेमा कति पानी छ भन्ने हेर्न जानेक्रममा त्यहीबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । पौडेलको शवलाई तौलिहवा अस्पतालमा पोष्टमार्टम गरिएकोछ । 

प्रकाशित : ३१ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६