बुटवल ३२ साउन । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषदको संख्या बढ्ने भएको छ। यसअघि १० सदस्यीय रहेको मन्त्रिपरिषद अब १५ सदस्यीय बन्न सक्ने सत्तारुढ गठबन्धनका नेताहरुले बताएका छन्। मन्त्रीको संख्या बढ्ने भएमा सरकारलाई केही मन्त्रालय टुक्राउनुपर्ने बाध्यता छ । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सरकारमा तीन दल सहभागी भएकाले अहिलेको मन्त्रिपरिषद् पहिलेको भन्दा स्वाभाविकरुपमा केही ठूलो आकारको हुने बताए ।
कांग्रेस र माओवादीले ४–४ मन्त्री र एक–एक राज्यमन्त्री तथा जसपाले तीनजना मन्त्री पाउने समझदारी भएको स्रोतको दावी छ । माओवादी केन्द्रका कुलप्रसाद केसीको नेतृत्वमा साउन २७ गते ६ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री सहित २, नेपाली कांग्रेसका २ र जनता समाजवादी पार्टीबाट ३ जना सहभागी छन्। सरकारलाई समर्थन गरेको चार दलीय गठवन्धन मध्येको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।








प्रतिक्रिया