अर्थ-वाणिज्य

रुघाखोकी र ज्वरोका विरामी एकाएक बढे, जिल्लाका सबै अस्पताल प्रभावित



तौलिहवा ३२ साउन ।मौसममा आएको परिवर्तनसंगै गर्मि बढ्दै जांदा कपिलवस्तुका सरकारी तथा निजि स्वास्थ्य संस्थामा उपचार गराउन आउने विरामीको भीड बढेको हो । केहिदिन अघि सम्म  दैनिक सरदर ६० देखी ८० जना विरामी आउने जिल्ला अस्पताल तौलीहवामा गर्मी बढेसंगै ओपिडी, इमरजेन्सी, भर्ना भएका गरी १ सय देखी डेढसयको हाराहारीमा  विरामी आउने गरेको अस्पतालले जनाएको छ ।


यस्तै अवस्था बहादुरगंज अस्पताल , पिपरा अस्पताल ,हरनामपुर स्वास्थ्य चौकी ,पकडी स्वास्थ्य चौकी र कपिलवस्तु सामुदायिक अस्पतालमा पनि रहेको वताइन्छ । अधिकांश उपचार गराउन आउने विरामीहरुमा महिला, बालबालिका, बृद्धबृद्धा छन् । उनीहरुमा झाडापखाला, जन्डिस, ज्बरो, टाईफाईड लगायत रहेका छन् । 


कोरोना माहामारीका विच गर्मीका कारणबाट हुनसक्ने थप रोगको संक्रमणबाट बच्न चिकित्सकले सर्वसाधारणलाइ बासी सडेगलेको खाना नखान, अत्यधिक पानी पिउन, गर्मिमा सकेसम्म घरबाहिर हिड्डुल नगर्न सुझाव समेत दिएका छन् ।


 

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६